वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी तीनजना मन्त्रीहरूले राजीनामा दिएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै मन्त्रीहरूले मुख्यमन्त्री राजकुमार शर्मालाई पदबाट राजीनामा बुझाएको जानकारी दिएका हुन् ।
नेकपा माओवादीले नेतृत्व गरेको प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सामाजिक विकासमन्त्री खड्गप्रसाद पोख्रेल, आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह र उद्योग वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बिसीले राजीनामा दिएका हुन् ।
उनीहरू मंगलबार सामूहिक रुपमा पत्रकार सम्मेलन गर्दै संघीय सरकारमा गठबन्धन परिवर्तन भएपछि पार्टीको निर्देशन अनुसार आफूहरू पदबाट राजीनामा दिएको बताए । पत्रकार सम्मेलनमा बोल्दै आर्थिक मामिला तथा योजनामन्त्री सिंहले आफूहरुले सरकारमा रहँदा कर्णालीको समग्र विकास, निर्माण र जनपक्षीय काम गर्नका लागि उल्लेख्य काम गरेको बताए ।




















