काठमाडौं । वालुवाटारमा तीन दलको बैठक सुरू भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन् ।
कांग्रेससहितको गठवन्धन भत्किएपछि आजै नयाँ मन्त्रिपरिषद गठन हुँदैछ । पूराना मन्त्रीहरुलाई हटाएर आजै नयाँ सानो मन्त्रिपरिषद् पुनर्गठनको तयारी छ ।




















