काठमाडौँ । विकसित नयाँ राजनीतिक घटनाक्रमसँगै सत्ता गठवन्धन भत्किने अवस्था आएपछि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
सोमबार बिहान १० बजेका लागि सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको नेताहरुले बताएका छन् ।
आजै बिहान कांग्रेसका सभापति देउवा र उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बालुवाटरमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए ।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच गएराति सत्ता सहयात्राका विषयमा नयाँ समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले पदाधिकारी वैठक बोलाएको हो ।




















