काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको कारण व्यवस्था प्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताएका छन् ।
शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले वर्तमान सरकार पूर्णरुपमा असक्षम र असफल देखिएको भन्दै गठबन्धन सरकारको कारण व्यवस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताएका छन् ।
महासचिव पोखरेलले सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको बताए । देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको प्रश्न यतिबेला इतिहासकै कमजोर भएको पोखरेलले बताएका छन् ।
उनले अभियोग लागेका व्यक्तिहरु झण्डा हल्लाउदै अख्तियारमा धाउने गरेको भन्दै बिभिन्न प्रकरणमा संलग्न मन्त्रीहरुलाई प्रधानमन्त्रीले हटाउन नसकेको तर्क गरेका छन् ।
सुशासनको कुरा गर्ने सरकार भ्रष्टाचारका फाइल खोल्दा आफ्ना मान्छेका अनुहार देखिएपछि पछाडि फर्कने गरेको पोखरेलले बताएका छन् ।




















