काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थीव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका छन् ।
उपचारका क्रममा सोमबार निधन भएका आचार्यको पार्थीव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।
आचार्यको पार्थीव शरीर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री प्रचण्ड पुगेर श्रद्धाञ्जली प्रकट गरेका हुन् । आचार्यको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ ।