काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् ।
नेता महतोले नयाँ अभियानको घोषणा गर्दै लोसपा छोडेका हुन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरे। बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्य रहेको जनाएका छन्।
लोसपामा वरिष्ठ नेता रहेका महतो असन्तुष्ट थिए। अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्ट उनले मङ्सिरको केन्द्रीय समिति समेत बहिष्कार गरेका थिए।
पहिचानवादीहरू एकल आयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडि सुरु भएको पहिचानवादी आन्दोलन शासकीय षड्यन्त्रको शिकार भइ अधुरो रहन गएको उनले बताए ।