काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे माग बुझाएको छ।
बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर राप्रपाले आफ्नो मागपत्र बुझाएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डल सिंहदरबार पुगेर मागपत्र बुझाएको हो ।

सरकारले राप्रपाको ज्ञापनपत्रको विषयलाई विश्वासिलो ढङ्गबाट सम्बोधन नगरे राप्रपा तत्काल सडक र सदन दुवै तहबाट देश र जनताको पक्षमा भद्र र शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले राप्रपाले गरेको संघर्षको कार्यक्रम शान्तिपूर्ण गर्न अनुरोध समेत गर्नुभएको र सरकारले शान्ति प्रक्रिया टुंग्याउन पहल गरिरहेको भन्दै त्यसमा सकारात्मक सहयोगको अपेक्षा राखेको प्रधानमन्त्री प्रचण्डले बताएका थिए ।
आजदेखि राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा विरोध सभाको आयोजना गरेको छ।
विरोध सभाअगाडि भृकुटीमण्डपबाट भद्रकाली, सुन्धारा, वीर हस्पिटल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपसम्म र्याली गरेको हो ।




















