मुम्बइ । एक विज्ञापनमा रणवीर सिंहलाई जोनी सिन्ससँग देखेपछि फ्यानहरू चकित भएका थिए ।
वयस्क अभिनेता जोनी सिन्सले रणवीर सिंहसँग यौन कल्याणकारी ब्रान्ड बोल्ड केयरको विज्ञापनको लागि सहकार्य गरेका थिए । यो विज्ञापनलाई लिएर निकै हंगामा भएको थियो ।
यो विज्ञापनमा दुवै कलाकारसँगै टिभी अभिनेत्री भावना चौहान पनि देखिएकी थिइन् । अब विज्ञापनको बारेमा कुरा गर्दै भावना चौहानले खुलासा गरेकी थिइन् कि पहिले उनलाई आफु जोन सीनासँग काम गर्न लागेको भन्ने लागेको थियो रे ।
इन्डिया टुडेसँग कुरा गर्दै भावनाले भनिन्, ‘मलाई थाहा छैन मैले नाम किन गलत पढेँ । तर सोच्नुहोस्, जोनी यस्तो विज्ञापनको हिस्सा हुनेछन् भन्ने मैले सपनामा पनि सोचेको थिइनँ । मैले सोचे कि भारतमा पहलवानहरूले धेरै काम गर्छन् र त्यसैले यो जोन सीना हुनेछ भनेर सोच्नु मूर्खता हो । अन्तिम विवरण पाए पछि मात्र जोनी सिन्स भएको थाहा भयो ।’
रणवीर सिंहसँग काम गर्ने बारे अभिनेत्रीले भनिन्, ‘उनको वरिपरि बस्न पाउँदा निकै रमाइलो लाग्यो । हाम्रो उर्जा राम्रोसँग मिलेको थियो र उसले मलाई मेरो काम कत्तिको मन परेको पनि बतायो । तर, कलाकार निकै प्रोफेसनल भएकाले कामको क्रममा जोनी सिन्ससँग कुरा गर्ने मौका नपाएको पनि भावनाले बताइन् ।
भावना चौहानले विज्ञापनलाई लिएर आफूले पाएको नकारात्मक प्रतिक्रियाको बारेमा पनि बताइन् । उनले आफूहरु व्यवसायिक भएकाले यस्ता कुराको असर बुझेको बताइन । विज्ञापनको मूल स्क्रिप्ट बढी रमाइलो भए पनि परिवर्तन गरेको उनले बताए ।
उनका अनुसार यो विज्ञापनलाई टिभी कार्यक्रमको सामान्य दृश्यजस्तै बनाउने उनको मनसाय सबैले घरमै बसेर सहजै हेर्न सक्ने भएको छ ।