काठमाडौं । संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले आज शपथ लिएका छन् । महासचिव पाण्डेयलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
पाण्डेयलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले संसद् महासचिवमा नियुक्त गर्नु भएको थियो ।
त्यस्तै सभामुख घिमिरेले आज बसेको प्रतिनिधिसभा वैठकमा संघीय संसदको महाचिवमा पाण्डेय नियुक्त भएको संसदलाई जानकारी दिँदै उनको सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।