दाङ । नेपाली कांग्रेसका नेता शशांक कोईरालाले सरकारमा कांग्रेसबाट सहभागी भएका मन्त्रीहरुले पार्टीको निर्देशन मान्न छोडेको बताएका छन् ।
नेता कोईरालाले मन्त्रीहरु आफ्नो भिजन र पार्टीको निर्देशन विना अगाडि बढ्दा विकासले लिनु पर्ने गति नलिएको बताए ।
दाङमा पत्रकार सँग बोल्दै नेता कोईरालाले अब कांग्रेसको विधान अनुसार सभापतिमा सम्पूर्ण अधिकार केन्द्रितलाई अब विभाजन गरी संघीय मर्मअनुसार ७ प्रदेशका सभापतिलाई दिने ब्यवस्था बनाउन जरुरी रहेको बताए ।
देश संघीयतामा भए पनि कांग्रेस पार्टीको अधिकार केन्द्रीय सभापतिमा हुनु संघीयताको कार्यान्वयनमा प्रस्नचिन्ह उठ्नु स्वाभाविक रहेको उनले बताए ।
नेता कोइरालाले कांग्रेस पार्टी जनताको हितमा काम गर्न खोजे पनि गठवन्धनका कारण धेरै काम गर्न नसकेको बताए ।
उनले निर्वाचनमा कांग्रेस गठवन्धन विना चुनाव लड्नु पर्ने बताएका छन् ।
नेता कोईरालाले चुनाव कांग्रेस एक्लै लड्नु पर्ने, यदि चाहियो भने सरकार बनाउने बेला मात्र गठवन्धन बनाउनुपर्ने अहिले कार्यकर्ताहरुले पनि यो विषय उठाएको बताए ।




















