बर्दिया । वर्दियामा सामाजिक विभेदका घटनालाई समेटेर नयाँ टेली सिरियल रङ्ग प्रशारण भै रहेको छ ।
हरेक शुक्रवार ७ः३० बजे प्रशारण भइरहेको सिरियलमा नयाँनयाँ मुद्दा उठान गरी समाजमा भएका गतिविधीहरुलाई उठान गरिएको छ ।
सप्तरंगी मञ्च मार्फत प्रशारण भैरहेको टेलीश्रृंखला यूट्यूबमा नेपाली सिरीयल रङ्ग टाइप गरी हेर्न सकिन्छ । मुख्यतः गाउँ घरका सामाजिक तया पारिवारिक विषय बस्तुलाई उठान गरी बर्दिया जिल्लामै आफ्नै लगानीमा सिरीयल निर्माण गरी प्रशारण भइरहेको हो ‘आफ्नै जिल्लामा रहेर हामीले रङ्गको छायांकन, भिडियो मिक्सिङ्ग देखी लिएर सबै काम गरिराखेका छौं’ रङ्गका निर्देशक तथा लेखक विष्णु थापा सरगमले बताए ।
रङ्गमा मुख्यभुमिकामा अस्मीता सार्की, मिलन विक ’सुनीता चौधरी, सन्तराम थारूका साथै शम्भु सुनार, सृष्टी थारु, होम थापा, पूर्णीमा परियार, यमुना रसाइली, मिना विकट, मिलन घर्तीमगर लगायतका कलाकारले आफ्नो प्रतिभा देखाएका छन । क्यामरामा प्रशान्त कान्छाले कामगर्दै आई रहेका छन् । मंसिर १५ गतेदेखि प्रशारण भइरहेको टेली श्रृङखला रंगले आफ्नो ८ औं भाग प्रशारण गरिसकेको छ ।
आगामी ९ औं भागमा मुख्यतः दलित समुदायका मुद्दा उठान गरिएको जनाइएको छ ।