काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई प्रदेशको अधिनमा राख्ने कुरा उचित नभएको बताएका छन् ।
सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको भन्दै अध्यक्ष ओलीले प्रहरीलाई प्रदेशको अधिनमा राख्ने कुरा उचित नभएको बताएका हुन ।
नेताहरुले प्रहरी मेरै अधिनमा हुनुपर्छ भन्नु गलत रहेको र यसले बिकृति सिर्जना गर्ने उनको भनाइ छ । ओलीले प्रहरी नेता र मन्त्रीको अधिनमा भन्दा पनि स्वतन्त्र रहनुपर्ने धारणा राखेका छन् ।
सातै प्रदेशले दबाब दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै प्रहरी समायोजन गर्ने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली मधेशमै आएर आपत्ति जनाएका छन् ।
अध्यक्ष ओलीले संघीयताको कार्यान्वयनमा ध्यान नदिदा अहिले प्रश्न उठिरहेको बताए । त्यस्तै उनले संक्रमणकालीन न्यायसंगसम्बन्धीत बिषयलाई सहमतिबाटै अघि बढाउन छलफल भइरहेको उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय मूल्यमान्यता र सर्वोच्च अदालतको आदेशका साथै पीडितलाई न्याय हुने गरि शान्ति प्रक्रियालाई टुङ्गोमा पुराउनुपर्ने उनले बताएका छन् ।