काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनताको बहुदलीय जनवादको औचित्य समाप्त भइनसकेको बताएका छन् ।
आइतबार काठमाडौंमा डा. बेदुराम भुसालद्वारा लिखित पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले नबुझ्नेहरुले जनताको बहुदलीय जनवादको विरोध गर्ने गरेको भन्दै अहिले पनि जबजको औचित्य उतिकै रहेको बताएका छन् ।
नेपाली कम्युनिष्ट आन्दोलनको परिवेशमा जवजको सान्र्दभिकता र आवश्यकता रहेको उनले बताए । उनले नेपालको परिवेशमा बहुदलीय प्रतिष्पर्धाको माध्यमबाट नै अरु पार्टीलाई पराजित गर्दै नेपाली समाजको रुपान्तरण गर्न सक्ने धारणा राखेका छन् ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका भुसालको जनताको बहुदलीय जनवादको ऐतिहासिक विकास क्रम नामक पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।