काठमाडौं । नेकपा एमालेले संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
दुईदिनसम्म संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले जनताका आवाज उठाउदै सदनमा शसक्त भूमिका निर्वाह सांसदहरुलाई निर्देशन दिएको हो ।
बैठकमा संसदीय दलका नेता केपी ओलीले प्राविधिक र बैचारिक स्पष्टताका साथ बैठकमा सहभागीता जनाउन निर्देशन दिएका छन् । उनले सदन बैठकमा गल्ती बोल्नेहरुको रेकर्डबाट हटाइयोस भन्न आवश्यक नरहेको तर्क गरेका छन् । तर कसैले गल्ती बोलेको वा गरेको भए सदनमा विरोध भने जनाउनुपर्ने उनले बताएका छन् ।
ओलीले विभिन्न नेताहरूले दिएका प्रशिक्षणका आधारमा मर्यादित ढंगले गतिविधि गर्न पनि निर्देशन दिएका छन् ।
संघीय संसद्को बैठक सोमबार दिउँसो ४ बजेका लागि आह्वान भएको छ । सोमबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने लगाएतका कार्यसूची रहेका छन् ।




















