काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच जारी भेटवार्तामा सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बुझिएको छ । माघ २२ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच यही बजेट अधिवेशन र समसामयिक परिस्थितिबारे छलफल भएको बताइएको छ ।
संसदको विजनेस र आगामी बजेटका प्राथमिकताका विषयमा प्रधानमन्त्री प्रचण्ड निरन्तर परामर्शमा छन् । प्रधानमन्त्री प्रचण्डसँग आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि भेटवार्ता गर्दैछन् ।




















