मुम्बइ । बलिउड वा कुनै पनि फिल्म उद्योगमा रिमेकहरू बन्नु सामान्य कुरा हो तर यो सधैं आवश्यक छैन कि रिमेकले यसको मूल संस्करणको रूपमा कमाउने गर्दछ ।
तर, निर्देशक सिद्दिकीको तीन फिल्मले यस विषयमा अर्को उदाहरण खडा गरेको छ । निर्देशक सिद्दिकीले तीनवटा फरक-फरक मसला थपेर एउटै कथा दर्शक सामु प्रस्तुत गरेर सफलता हासिल गरेका थिए ।
चाखलाग्दो कुरा के छ भने दर्शकले उनको एउटा कथामा बनाइएको तीन अलग अलग फिल्मलाई अत्याधिक मन पराईदिए । एउटै कथामा तीनवटा फिल्म बनेका थिए र तीनवटै सुपर डुपर हिट भएका थिए ।
सिद्दिकीले सन् २०१० मा ‘बडीगार्ड’ नामको फिल्म बनाएका थिए । मलयालममा बनेको यो फिल्ममा अभिनेत्री नयनतारा मलयालम सुपरस्टार दिलीपसँग देखिएकी थिइन् । यो फिल्मबाट नयनतारा मलयालम सिनेमामा कमब्याकसमेत गरिन । यो फिल्मले पचास करोडको व्यापार गरेको थियो । जुन मलयालम सिनेमाका लागि निकै ठूलो रकम हो।
त्यसको एक वर्षपछि अर्थात् २०११ मा सिद्दिकीले त्यही फिल्म तमिल भााषामा बनाए । यस पटक कलाकार थिए थलपति विजय र असिन । यो तमिल भाषामा बनेको दोस्रो फिल्मले त्याे बेला नै सय करोड कमाएको थियो ।
तेस्रो पटक उही कथामा बलिउडमाम सलमान खान र करिना कपुरलाई लिएर यो फिल्म बनाइयो । तेस्रो पटक हिन्दीमा बनेको फिल्मले बम्पर कमाई गर्दै २५३ करोड कमाउन सपल भयो ।
यी निकै सफल चलचित्र बाहेक सिद्दिकीले ‘भास्कर द रास्कल’ जस्ता हिट चलचित्र पनि बनाए । सन् २०२० मा उनले ‘बिग ब्रदर’ नामको फिल्म बनाए । यो उनको जीवनको सबैभन्दा ठूलो फ्लप फिल्म थियो। मोहन लाल र अरबाज खानजस्ता स्टार भए पनि यो फिल्मले ६ करोड मात्रै कमाउन सक्यो ।
यो फिल्म सिद्दिकीको जीवनको अन्तिम फिल्म पनि साबित भयो। कोविड अवधिमा कलेजो सम्बन्धित समस्यासँग संघर्ष जारी राख्दै ७ अगस्ट २०२३ को दिन उनको जीवनको अन्तिम दिन साबित भयो ।