विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन्। बिहीबार भएको मतगणनामा उनले नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन्।
उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्। उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्।
एमालेकी उम्मेदवार कोइराला निर्वाचित भएपछि कोशीमा सत्ता गठबन्धनभित्र विश्वासको संकट देखिएको छ।
राष्ट्रियसभा निर्वाचनमा कोशीमा सत्ता गठबन्धनका तर्फबाट माओवादीकी कार्की साझा उम्मेदवार बनेकी हुन्।




















