काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावलीले बर्तमान सरकार बहुआयामिक रुपमा असफल भएको बताएका छन् ।
आइतबार चितवनको भरतपुरमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुुलुकका सवै अंगहरु फेल भइसकेको र सरकार पूर्णरुपमा असफल भएको बताएका हुन ।
उनले बर्तमान सरकारबाट जनतामा नैराश्यता छाएको भन्दै एमाले हस्तक्षेपकारी भुमिका निर्वाहको लागि आन्दोलनमा जान लागेको बताएका छन् । उनले वर्तमान सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास नरहेको र सत्ता टिकाउन शक्ति केन्द्रहरुको भक्तिभाव गर्ने काममा लागिपरेको आरोप लगाएका छन् ।
ज्ञवालीले भारतसंग हालै भएको सम्झौताले नेपाललाई दीर्घकालीन रुपमा असर पर्ने जिकिर गरेका छन् । नेता ज्ञवलीले बचतकर्ताको पैसा हिनामिना गर्ने संचालकलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
नेता ज्ञवालीले सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्छ भन्नु गैर जिम्मेवार कुरा भएको बताएका छन् ।




















