काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मवारी लिएर गठबन्धन सरकारमा आवद्ध जनमत पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ । राउतले सरकार छाड्ने संकेत गरेपछि प्रधानमन्त्री दाहालले उनलाई छलफलका लागि बोलाएका छन् ।
पार्टीका अध्यक्ष सिके राउतले आइतबार खबरहबसँग कुरा गर्दै आफू जुनसुकै बेला पनि सरकारबाट बाहिरिन तयार भएको बताएका हुन् ।
आइबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जनमत पार्टीका अध्यक्ष राउत सहभागी भएनन् । बैठकपछि राष्ट्रियसभाका उम्मेदवारलाई जिताउने गरिएको संयुक्त अपीलमा पनि राउतले हस्ताक्षर गरेनन् ।
प्रधानमन्त्री दाहालले आफूहरूलाई बैठकमै नबोलाएको राउतले बताए । उनले बालुवाटार बैठकमा राउतको अनुपस्थितिसँगै प्रधानमन्त्रीले सिके राउतको पार्टीलाई सरकारबाट मन्त्री फिर्ता बोलाउन भनेको चर्चा सुरु भएको छ । राउतका अनुसार सोमबार प्रधानमन्त्री दाहालले भेट्न बोलाएका छन् । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले एक सिट नदिएपछि सिके राउत र प्रधानमन्त्री दाहालबीच खटपट सुरु भएको हो ।
प्रतिनिधिसभामा राष्ट्रिय पार्टीका रुपमा रहेको जनमत पार्टीको ६ सिटमा प्रतिनिधित्व छ । एउटा मन्त्रालय पाएको जनमतले अनिता देवीलाई सामान्य प्रशासन मन्त्रीका रुपमा सरकारमा पठाएको छ ।




















