मुम्बइ । अभिषेक बच्चन बलिउडमा आएको धेरै वर्ष भइसकेको छ । उनले उद्योगमा पनि आफ्नो छुट्टै पहिचान बनाएका छन् । तर एक समय थियो जब कोही पनि उनलाइ आफनो फिल्ममा लिन चाहँदैनथे ।
अभिषेकलाई सधैं उनका पिता अमिताभ बच्चनसँग तुलना गरिन्थ्यो तर अब उनले आफ्नो उत्कृष्ट अभिनयले मानिसको धारणा बदलिसकेका छन् । तर अभिषेकका लागि उद्योगमा आउन सजिलो थिएन । यसको पछाडिको कारण अरु कोही नभई उनका बुवा अमिताभ बच्चन थिए ।
अभिषेक बच्चनले गलाता प्लसको राउन्ड टेबलमा आफ्नो फिल्म संघर्षको बारेमा कुरा गरेका छन् । अभिषेकले एक समय थियो, जब उनी अमिताभ बच्चनका छोरा भएकाले उनलाई कसैले पनि आफ्नो फिल्ममा कास्ट गर्न चाहँदैनथे ।
अभिषेकले आफूले भेटेका हरेक निर्देशकले उनलाई नम्रतापूर्वक अस्वीकार गर्ने र तिमीलाई हेर्नेछौं भन्ने मात्र धारणा राखिरहन्थे ।
अभिषेकले फिल्म नपाए पछि साथी र फिल्ममेकर राकेश ओम प्रकाशसँग मिलेर स्क्रिप्ट लेख्न थालेको खुलासा गरेका छन । फिल्म निर्माताले आफ्नो फिल्मका लागि कलाकारको खोजी गरिरहेका थिए र कसैलाई पनि भेट्न सकेनन् । उनले यो फिल्मको नाम ‘समझौता एक्सप्रेस’ राखे ।
अभिषेकले फिल्मका लागि आफूले जुँगा पनि राखेको बताए । तर, जब उनले यो स्क्रिप्ट अमिताभ बच्चनलाई निर्माण गर्न लागेको जानकारी दिए तर बिग बीले यसलाई बकवास भन्दै अस्वीकार गरिदिए, जसले अभिषेकलाइ थप निराशा बनायो ।
अभिषेक बच्चनले अगाडि भने कि, बिग बीले उनलाई फिल्मफेयर अवार्डमा चियर गर्न लगेका थिए । जहाँ जेपी दत्तले अभिषेकलाई देखेका थिए । त्यसको केही दिनपछि उनले फिल्मका लागि अभिषेकसँग सम्पर्क गरे । यो नै उनका लागि करिअरको टर्निङ प्वाइन्ट बनिदियो ।
जेपी दत्तको ‘रिफ्युजी’बाट अभिषेक बच्चनले यसरी डेब्यु गरिदिए । यो फिल्मबाट नै करिना कपुरले पनि बलिउड इन्डस्ट्रीमा प्रवेश गरेकी थिइन् ।