काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ ।
पुसमा हुने महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो १ बजे आफ्नै निवा धुम्बाराहीमा बैठक आह्वान गरेको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् ।
विभागलाई पूर्णता दिने र सरकारको कामकारबाही बारे पनि बैठकमा छलफल हुने बताइएको छ । नेपाली कांग्रेसमा ४८ बाट बढाएर ७० विभाग पुर्याइएको छ ।
सभापतिमा निर्वाचित भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भए पनि कुनैको प्रमुख मात्र तोकिएको छ भने कुनै विभागमा सदस्य संख्या अपुरो छ ।
कांग्रेसले महासमिति बैठक पुस १६ देखि १९ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।