काठमाडौँ । आन्दोलनमा उत्रेका शिक्षकहरु सरकारसँग वार्तामा बसेका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकक्षमा शिक्षामन्त्री अशोककुमार राई शिक्षक महासंघका पदाधिकारीहरुसहित बिहीबार बिहान वार्तामा बसेका हुन् ।
वार्तामा दुवै पक्षका मागहरुको सन्दर्भमा सकारात्मक छलफल भएको र समस्या समाधान गर्न दुवै पक्ष तयार भएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि सडक आन्दोलन गरेका छन् ।आज पनि आन्दोलन जारी राख्ने बताएका शिक्षकहरु आन्दोलनकै बीचमा वार्ताका माध्यमबाट आफूहरुको समस्या समाधानमा जुटेका हुन् ।
यसअगाडि आन्दोलनरत शिक्षकहरु सरकारसँग वार्ताका तयार भएका थिएनन् ।