
चितवन । भरतपुर महानगरको आयोजनामा चितवनको भरतपुर महानगर–१ स्थीत नारायणी नदी किनारमा सरसफाई तथा बृक्षारोपण गरिएको छ ।
शुक्रबार नारायणी नदीको पुलदेखि लिलाचोकसम्म भरतपुर महानगर पालिकाका मेयरको अगुवाईमा सरसफाई कार्यक्रम गरिएको हो । उक्त सरफाई कार्यक्रममा भरतपुर महानगरका बिभिन्न सघ सस्था सरसफाईकर्मीहरु र नेपाली सेना नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीको सहभागिता रहेको थियो ।
भरतपुर नगरले सफा तथा हरित भरतपुर महाअभियान २०८० अन्तरगत प्रत्येक शुक्रवारको दिन महानगरको सबै वडाहरुमा नियमीत सरसफाई गर्ने कार्यक्रम तय गरेको छ ।
भरतपुर महानगरका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण बर्ष २०२४ को लागि पनि भरतपुर महानगर सफा र सुन्दर हुन जरुरी रहेको बताएकी छिन् ।




















