काठमाडौँ । पत्रकार तथा साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सल्लाहाकारसमेत रहेका पराजुलीको उपचारको क्रममा बिएन्डबी अस्पतालमा निधन भएको हो ।
निमोनियाले ग्रस्त भएपछि सोमबार राति अस्पताल पुर्याइएका पराजुलीको मंगलबार बिहान ३ बजे मृत्यु भएको बताइएको छ ।
उनको आजै दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
पत्रकार तथा साहित्यकार पराजुलीका ‘कोटेश्वरको केटो’, ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चश्मा’ लगायत आधा दर्जन किताब प्रकाशित छन् ।
५८ वर्षका पराजुलीका श्रीमती, एक छोरा र एक छोरी छन् ।



















