काठमाडौं । नेपालमा क्रिकेटको पूर्वाधारमा सरकारले ध्यान दिइएको भन्दै अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । विश्वले चिनेको खेलाडीलाई नेपाल सरकारले चिन्न नसकेको र क्रिकेट पूर्वाधारको बिकासमा कुनै चासो नदिएको भन्दै अखिलले आइतबार काठमाडौंको घण्टाघरस्थीत त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् ।
उनीहरुले किर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिने धेरै अघि तयारी भएपनि अहिलेसम्म जडान भएको भन्दै आपत्ति जनाएका थिए । प्रदर्शनमा सहभागीहरुले खेलाडीहरुलाई उचित व्यवस्था गर्नुपर्ने, खेलाडीको घोषित पुरस्कार बितरण गर, टियु मैदानमा फ्लड लाइट जडान गर लगाएतका नारा लगाएका थिए ।



















