काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले देशभर बनाईरहेका होटलहरु, भवनहरु र अपार्टमेन्टहरुको तत्काल बैधानिकता खोजी गर्न सरकारसँग माग गरेकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ललितपुरको बखुन्डोलमा निर्माणाधिन समिट अपार्टमेन्टको बैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलहरुको बैधानिकता खोजी गर्नुपर्ने बताइन् ।
सांसद कार्कीले त्यसका लागि छानविन गर्न संसदीय समिति बनाउन पनि माग गरिन् । उनले समिट अपार्टमेन्ट निर्माणको क्रममा वरपर भाँसिएका घरहरुको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराइन् ।
सांसद कार्कीले समिट अपार्टमेन्टको निर्माण कार्य तत्काल रोकी छानविनको कामलाई तत्काल अघि बढाउन पनि सरकारलाई दवाव दिइन् ।