काठमाडौँ । अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) ले २२५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।
आइतबार राति अबेर सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा टुका हमाल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । सम्मेलनको बन्द सत्रबाट सङ्घको उपाध्यक्षमा मेनुका काफ्ले, मेनका पोखरेल, रूकमणी राना, सुमित्रा वि.सी, शर्मिला कार्की, विमला राई पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी, सङ्घको महासचिवमा पेम्बा लामा, उपमहासचिवमा शान्ति अधिकारी, सचिवहरूमा विणा राई, विना साह, शारदा कुमाल, नरदेवि पुन, बिना ज्ञवाली, मीना रखाल, आशा बि.क. र कोषाध्यक्षमा इन्दिरा फुयाँल सर्वसम्मत निर्वाचित भएका छन् ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण सोमबार साँझ एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको थियो ।
अनेम संघका २२५ केन्द्रीय सदस्यहरुको नामावली :