काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा पनि ८ दलीय गठबन्धन दलका विद्यार्थी संगठनबीच तालमेल हुने भएको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुविरुद्ध गठबन्धनका विद्यार्थी संगठनले मोर्चाबन्दी गर्ने सहमति गरेका हुन् ।
एमालेविरुद्धको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा छन् ।
यी दलका विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुविरुद्ध चुनावी तालमेल गर्ने सहमति गरेको बताइएको छ ।



















