काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्ने बताएका छन् ।
बिहीबार धनुषामा सञ्चारकर्मीसंग कुरा गर्दै नेता सिंहले अहिले आठ दलबीच भएको सहमति अनुसार नै राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्ने बताएका हुन ।
उनले बिथोलिएको राजनीतिक वातावरण सहि ट्रयाकमा आएको पनि बताएका छन् । निर्वाचन अघि बनेको गठबन्धन केहि समय असहताका साथ अघि बढेपनि अहिले जनताको जनमत अनुरुपका राजनीतिक परिस्थीति निर्माण भएको उनले बताएका छन् ।
राष्ट्रपतिमा रामचन्द्र पौडेलको जीत सुनिश्चित रहेकाले अव कुनै दुविधा नराख्न आग्रह गर्दै सिंहले हरेक चुनौतिको सामना गर्दै सहज राजनीतिक वातावरण निर्माण गरेर मुलुकलाई अघि बढाउने दायित्व सवै दलसामू आएको जिकिर गरेका छन् ।



















