काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङलाई सहयोगका लागि आग्रह गर्न नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम निवास पुगेका थिए ।
गौतम निवास भैंसेपाटी पुगेका ओली र गौतमबीच पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल भएको बताइएको छ ।
यसअघि ओलीले नेम्वाङलाई मत माग्दै कांग्रेस बाहेकका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई पत्र लेखेका थिए । तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ‘नेकपा’ विभाजन हुँदा दुवै पार्टीबाट निश्किृय बसेका थिए ।



















