पुष्पकमल दाहाल प्रचण्डले पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्व दिवशमा किन विदा दिएनन ? ‘महान जनयुद्व दिवश’मा विदा दिनुपर्ने आवश्यकता त्यतिबेला किन देखेनन् वा ठानेनन् ? अहिले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरक्टेलले बागमती प्रदेशभरि विदा दिने निर्णय गरेपछि पेटिबुर्जुवा प्रचण्डको बुद्विको घैटामा कसरी घाम लाग्न पुग्यो ? विदेशी शक्तिको निर्देशनमा पार्टीको नाम र हसिया हतौडा चुनाव चिन्ह फेर्न समेत तम्सिएका अवसरवादी, नवसंशोधनवादी, बुर्जुवा र पुँजीवादी कम्युनिष्ट भैसकेका प्रचण्डले पार्टी खिइदै– खिइदै गएपछि क्रान्तिकारी कम्युनिष्ट शक्तिहरूलाई भ्रममा पारेर फेरि एकता गराउन यसो गरेका त हैनन ? नभए केपी शर्मा ओलीलाई हातमा लिएर एमालेसँग फेरि पार्टी एकताका लागि पहल गरेर ठुलो पार्टी र पाँच वर्ष प्रधानमन्त्री बनेर देश र जनताका पक्षमा काम गरे भैगयो नि !
प्रचण्ड प्रधानमन्त्री भएको डेढ महिनाभन्दा बढी समय भयो, सरकारले जनतालाई दिने सेवा राहदानी, राष्ट्रिय परिचयपत्र, लाइसेन्स, नागरिकता सेवा प्रवाहमा कुनै सुधार छैन । घुस नखुवाई कुनै सरकारी काम हुन, विकास–निर्माणका काममा कर्मचारीले १० प्रतिशत कमिशन लिन छाडेका छैनन् ।
मुलुकमा सुशासन छैन । जताततै भ्रष्टाचार र बेथिति छ। प्रधानमन्त्री सचिवालयमै नवराज ढुंगाना जस्ता राजस्व प्रशासन, कोलेनिका र वीरगन्ज भंसारमा बसेर तर मारेका, भष्ट र घुस्याहा भनी आरोप लागेका बदनाम पात्रहरू निजि सचिव छन। यिनीहरूले प्रचण्डलाई डुबाउने मात्र हुन ।
तीन–तीन पटक प्रधानमन्त्री हुँदा समेत प्रचण्डले सरकारमा गएर केही परिवर्तन र सुशासन दिन सकेका छैनन् । सरकारले गर्नुपर्ने प्राथमिकता निर्धारण गर्न सकेका छैनन् । भ्रष्ट, घुस्याह र असक्षमहरु हावी भइका छन् । मुख्यसचिव, सचिव, डिजीहरूलाई काम दिन र लगाउन सकेका छैनन् । प्रशासनमा पुरानै प्रवृत्ति र पात्र दोहरिएका छन् । सरूवा, बढुवामा योग्यता, क्षमता, दक्षता, कार्यसम्पादन मुल्यांकन होइन राजनीतिक भनसुन, थैली र कोसेली पातले काम गरिरहेको छ।
तीन–तीन पटक प्रधानमन्त्री हुँदा समेत प्रचण्डले सरकारमा गएर केही परिवर्तन र सुशासन दिन सकेका छैनन् । सरकारले गर्नुपर्ने प्राथमिकता निर्धारण गर्न सकेका छैनन् । भ्रष्ट, घुस्याह र असक्षमहरु हावी भइका छन् । मुख्यसचिव, सचिव, डिजीहरूलाई काम दिन र लगाउन सकेका छैनन् । प्रशासनमा पुरानै प्रवृत्ति र पात्र दोहरिएका छन् । सरूवा, बढुवामा योग्यता, क्षमता, दक्षता, कार्यसम्पादन मुल्यांकन होइन राजनीतिक भनसुन, थैली र कोसेली पातले काम गरिरहेको छ। अनि कसरी सुधार हुन्छ ? एउटा ‘क्रान्तिकारी’ नेताको शासनसत्तामा त यस्तो अवस्था छ भने यथास्थितिवादीबाट त सुधारको अपेक्षा के गर्न सकिन्छ र ?
तीन पटक प्रधानमन्त्री हुँदा समेत सत्ता सञ्चालनमा कुहिरोका कागझै दिशा र गतिविहीन भएका छन प्रचण्ड । प्रचण्डलाई यो अन्तिम अवसर हो, यसपटक पनि उनले केही गरेर देखाउन सकेनन, जनचाहना विपरितका निर्णय गर्दैै गए भने उनी र माओवादी केन्द्र भविष्यमा इतिहासमा सीमित हुनेछ। अब कांग्रेस र एमालेले पनि उपयोग गर्न छाड्ने छन्, अनि उनको षडयन्त्र र उपयोगवादी हैसियत पनि सकिने छ।
कम्तिमा उनले शान्ति प्रकृयाको बाँकी कामलाई यो डेढ महिनाभित्र पूरा गरिसक्नु पर्दथ्यो । अब प्रचण्डले राजनीतिक अपराधिलाई कहिले मुक्त गर्लान ? वा यो काम नै गर्न नसकि फेरि पनि प्रधानमन्त्रीबाट खुस्केलान ? भन्ने जिज्ञासा उठेको छ ।
पुर्व सहमति अनुसार एमालेका राष्ट्रपतिका उम्मेदवारलाई सघाउन छाडेर राष्ट्रिय सहमतिको रटान अलाप्न लागेका प्रचण्डलाई एमालेले पनि विश्वास गर्ने छैन । कांग्रेसलाई त उनले धोका दिइसकेका छन् । सबैतिर विस्वास गुमाइसकेपछि प्रचण्डको टेक्ने धर्ति र समाउने हाँगो बाँकी हुने छैन। सधै जालझेल, षड्यन्त्र, धोकाघडी, अवसरवादको राजनीति टिक्दैन । यस्तो राजनीति टिक्ने भनेको एक/दुई पटक मात्र हो। चेतना भया ।