काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर किष्ट मेडिकल कलेज परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।
जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो ।
अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । त्यसपछि अपराह्न चार बजे पुनः अस्पतालमा पु-याइने जनाइएको छ ।



















