काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सिट बाँडफाँटको बिषयमा दलहरुबीच करिव ८० प्रतिशत सहमति भइसकेको बताएका छन् ।
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै कार्कीले गठबन्धन देशको आवश्यकता भएकाले अन्य बिषयमा पनि सहमति भइ निर्वाचनमा जाने दावी गरेका छन् । राजनीतिक स्थीरता नदिइ, देशको बिकास हुन नसक्ने भएकाले पनि गठबन्धनले मुलुकलाई अघि बढाउने उनले बताए । सिट बाँडफाँट न्यायोचित र सम्मानजनक ढंगले गर्नुपर्ने भएकाले समय लाग्नु स्वभाविक भएको उनको भनाइ छ ।
त्यस्तै कार्कीले मुलुकको समृद्धिका लागि सवै गम्भीर भएर अघि बढ्नुपर्ने पनि बताएका छन् ।



















