काठमाडौं । सर्लाहीका निवर्तमान जिल्ला समन्वय समिति प्रमुख तथा जसपा नेपालका नेता मेथुर चौधरीसहित जिल्लाका प्रभावशाली नेता तथा जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित एक कार्यक्रममा उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।
एमाले प्रवेश गर्नेमा मलंगवा नगरपालिकाका निवर्तमान मेयर निरसल साह, पर्सा गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता किसुनदेव यादव, कौडेना गाउँपालिकाका निवर्तमान अध्यक्ष राजीनन्दन चौधरी रहेका छन् ।
यसैगरी नेपाली कांग्रेसका नेता जुनैद रिजबीसहित चार निर्वाचित वडाध्यक्ष पनि एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा जसपा नेताहरू बैधनाथ राय, नन्दकिशोर राय, वीरेन्द्र राय, माओवादी नेता सनम नेपाललगायत रहेका छन् ।