काठमाडौँ । आसन्न निर्वाचनको लागि सिट बाँडफाँटबारे सहमति जुटाउन बसेको सत्तागठबन्धनको बैठक पुनःनिष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच करिब ४ घण्टा लामो बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।
नेताहरुले पार्टीगत अडान कायमै राखेपछि बैठक निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् । आजको बैठकमा सिट बाँडफाँटको लागि गठित कार्यदलले हालसम्म भएका प्रगतिबारे शीर्ष नेतालाई जानकारी गराएको थियो । यद्यपि सिट बाँडफाँटबारे धेरै विषय मिलाउन बाँकी रहेको भन्दै बैठक भोलि पुनः बस्ने बताइएको छ ।