काठमाडौं । आज बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । सो बैठक अब भोलि शनिबार ४ बजे बस्ने नेताहरुले बताएका छन् ।
सिट बाँडफाँट टुंगो लगाउन शुक्रबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेता र कार्यदल सदस्यहरुको बैठक बोलाइएको थियो । तर नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा इन्द्रजात्रामा सहभागी हुन जानुपर्ने थियो भने गृह जिल्ला रौतहट पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं आइपुगेनन् ।




















