काठमाडौं । नेपालमम पछिल्लो २४ घण्टामा २०६ जना कोरोना संक्रमित थपिएका छन् भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९५ जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जना संक्रमित थपिएका हुन् ।
यसैगरी शुक्रबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये २ हजार ७३५जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसन र ४१ जना आईसीयूमा छन् ।
यस्तै ६ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ४४३ पुगेको छ ।




















