काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सवैको सहमतिमा नै नागरिकतासम्बन्धी बिधेयक ल्याइएको दावी गरेका छन् ।
सोमबार बसेको बिधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलका क्रममा गृहमन्त्री खाँणले सरकारले सहमतिमै र प्रक्रिया पूरा गरेर राज्य व्यवस्था समितिको फरक मतसहितको विधेयक फिर्ता गरेको र नयाँ बिधेयक पनि सहमतिमा नै ल्याएको दावी गरेका छन् ।
अहिले पनि लाखौं नागरिकहरु नागरिकताबिहिन भएर बस्नु परेको भन्दै उनले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने उद्देश्यले सरकारले विधेयक ल्याएको धारणा राखेका छन् ।
उनले नयाँ कानून अनुसार नागरिकता पाउनेहरु मतदाता सूचीमा नरहेका कारण नागरिकता विधेयक निर्वाचन प्रेरित नरहेको स्पष्ट पारेका छन् । गृहमन्त्री खाँणले बिधेयकका बिषयमा राष्ट्रपतिले उठाएका सवाल महत्वपूर्ण रहेकाले कतिपय बिषय सम्बोधन गरेर नै अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
बैठकमा केही सांसदहरुले केहि सांसदहरुले संशोधनको बिषयमा पनि छलफल हुनुपर्ने धारणा राखेका थिए भने केही सांसदहरुले संसदबाट नै अस्वीकृत भएका संशोधनका बिषयमा छलफल गर्न उपयुक्त नहुने धारणा राखेका थिए । समितिको अर्को बैठक बुधबार बोलाइएको छ ।



















