काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डरीलाई भेट्न नेपाली कांग्रेसका पदाधिकारीसहित राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । उनी कांग्रेस सभापतिको हैसियतमा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन्।
दुवै संसदबाट पारित नागरिकता विधेयक राष्ट्रपति कार्यालयले फिर्ता पठाएपछि शीतलनिवास र प्रमुख सत्तारुढ कांग्रेसबीच दूरी बढेको छ। त्यही कारण देउवा कांग्रेस सभापतिका रुपमा अन्य नेतालाई पनि लिएर भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् । सभापति देउवाले आफूसँग उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई शीतलनिवास लगेका छन् । कार्की सरकारका प्रवक्ता पनि हुन्।




















