काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका पदाधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा सहितका पदाधिकारीहरुले सोमबार दिउँसो २ बजे राष्ट्रपतिसँग भेटवार्ता गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार नागरिकता विधेयकका विषयमा राष्ट्रपति भण्डारीसँग कांग्रेस पदाधिकारीको छलफल गर्न लागेको हो । संघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरेपछि कांग्रेस पदाधिकारीले राष्ट्रपतिसँग छलफल गर्न लागेका हुन् । संसदका दुबै सदनबाट प्रक्रिया पुर्याएर पुनः राष्ट्रपति समक्ष पठाउने तयारी छ ।




















