काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दै छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा आफ्नो तयारीका लागि एमालेले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
उक्त कमिटीको बैठक अहिले बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमालेले जनाएको छ ।
निर्वाचन कमिटीमा केन्द्रीय सदस्य, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष, जनसंगठनका अध्यक्ष र महासचिव तथा पार्टीका केन्द्रीय विभागका सचिव सदस्य छन् ।

























