काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ ।
ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केही बेरअघि एमाले पोलिटब्युरो बैठक सुरु भएको हो ।
बैठकमा आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई छलफलको एजेन्डा बनाइएको एमाले स्रोतले बताएको । बुधबारको स्थायी समिति बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने तर जुनसुकै दलसँग तालमेलका लागि ढोका खुला गर्ने निर्णय गरेको थियो ।
आजको पोलिटब्युरो बैठकमा प्रदेश र प्रतिनिधिसभामा कस्ता उम्मेदवार उठाउने, कसरी जाने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन् ।




















