काठमाडौं । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
बैठक विहान ९ बजेबाट सुरु हुने कार्यदलका सदस्य मिहलाल पूरीले जानकारी दिएका छन् ।
कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भने बैठकमा अनुपस्थित हुनेछन् । कोरोना भाइरसको संक्रमण भएका कारण उनी बैठकमा अनुपस्थित हुने बताइएको छ ।
कार्यदलको बैठक बालुवाटारमा पटकपटक बस्दै आए पनि सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन ।
यसअघि बुधबार बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन गएकाले आजका लागि सारिएको हो ।

























