काठमाडौं । सत्तारूढ दलभित्र सिट बाँडफाँटको तयारी भइरहेको बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।
उनीहरुबीच सोमबार बिहान हात्तिवनस्थित एउटा घरमा भेटवार्ता भएको हो ।
छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । छलफल आगामी दिनमा हुनसक्ने पार्टी एकताका विषयमा केन्द्रीत थियो। बैठकमा संयोजन समिति र चुनावी घोषणापत्रका विषयमा छलफल भएको एक नेताले जानकारी दिए।
यसैगरी बैठकले डा. बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल भएको उनले बताए ।
यसैबीच आज ३ बजे बालुवाटारमा सत्तारूढ दलको बैठक बस्दैछ । बैठकमा हुनसक्ने सम्भावित एजेन्डाबारेसमेत छलफल भएको ती नेताले बताए । गठबन्धन बैठकअघि दुई दलले छलफल गरेर समान धारणा बनाउन खोजेको हुन सक्ने अनुमान गरिएको छ ।

























