काठमाडौं । सत्ता साझेदार दल माओवादी केन्द्रले पदाधिकारी चयन गर्न असफल भएको छ । शुक्रबार बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक विनानिष्कर्ष टुंगिएको हो ।
पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रुप दिन बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए । ‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रुपले छलफल गर्यौं,’ उनले भने ।
पदाधिकारी चयनका विषयमा लगभग टुंगो पुगेको र शनिबार बस्ने बैठकले यसबारे निर्णय लिने महराले जानकारी दिए ।

























