काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो सरकार बन्न सकेमात्रै मुलुकको सही तरिकाले बिकास हुने बताएका छन् । अखिल नेपाल महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले गलत नेतृत्वमा सरकार बन्दा मुलुकको अवस्था कस्तो हुन्छ भन्ने पछिल्लो एक बर्षले देखाएको बताए । उनले राम्रो सरकार बन्न सकेमात्रै मुलुकको सहि तरिकाले बिकास हुने दोहोर्याए ।
अध्यक्ष ओलीले गठबन्धन सरकारका कारण अर्थतन्त्र ओरालो लागेको, संसदलाई पंगु बनाएको, अदालतलाई बन्धक बनाएको र समग्र मुलुकमा नै अराजकता सिर्जना भएको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले अहिलेको जस्तो दुरावस्था कहिल्यै नभएको टिप्पणी गर्दै गठबन्धनको सरकार बनेदेखि सबैतिर भद्रगोल र अराजकता मात्र रहेको दाबी गरेका छन् ।
ओलीले सत्यको पक्षमा राजनीतिक गर्न सके मात्र मुलुक सहज रुपमा अघि बढ्ने धारणा राखेका छन् । त्यस्तै उनले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने भन्दै यसप्रति सजक रहन सुझाव दिएका छन् ।
पछिल्लो समयमा राजनीतिमा महिलाले खेलेको भूमिका असाधारण रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ ।