काठमाडौं । मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि ७६ वटा दलहरुले निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दल दर्ताका लागि निवेदन दिएका दलहरुको बुधबारबाट रुजु सुरु हुने बताएका छन् ।
त्यस्तै उनले यसपटक दुई वा सो भन्दा बढि दलले एउटै निर्वाचन चिन्हबाट चूनाव लड्न केही दलले निवदेन दिएको जानकारी दिएका छन् ।
आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्न नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी तथा नेकपा एकता अभियानले निर्वाचन आयोगमा निवेदन दिएका हुन् । एउटै चुनाव चिह्न प्रयोग गर्न नेकपा माओवादी केन्द्र र माओवादी केन्द्रीय कार्यालयबाट शिव खकुरेल लगाएतको टोली आयोग पुगेर एउटै चिह्न प्रयोग गर्ने सम्बन्धी निवेदन दिएका हुन् ।
यस्तै नेपाली कांग्रेसले दल दर्ताका लागि आजै निवेदन दिएको हो । मंगलबार निर्वाचन आयोग पुगेर पार्टीका उपसभापति धनराज गुरुङ लगाएतका नेताहरु दल दर्ताका लागि निवेदन दर्ता गराएका हुन् ।
निवेदनपछि कांग्रेस उपसभापति गुरुङले पार्टी अव निर्वाचनमा होमिएको बताए । त्यस्तै उनले पाँच दलीय गठबन्धनमा माओवादीभित्र एउटै चिन्ह लिने सहमतिमा कुनै असर नपर्ने बताएका छन् । उनले गठबन्धमा तालमेलको छलफल जारी रहेकाले सिटको टुङ्गो नलागेको स्पष्ट पारेका छन् । उनले अहिलेको गठबन्धन कसैको घेराबन्दीका लागि नभएको बताएका छन् ।