काठमाडौं । नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानलाई पार्टीको चूनाव चिन्हबाट लड्न दिने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय एकता अभियानका गौतम र भट्टराईले माओवादीको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गरेकाले उनीहरुको पार्टीका नेताहरुलाई पनि पार्टीकै चुनाव चिह्नबाट लड्न स्वीकृत गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।
उनले माओवादीको चूनाव चिन्हबाट लड्न भट्टराई र गौतमले केही सर्त राखेको र त्यसबारे छलफल गर्न बाँकी रहेको जानकारी दिएका छन् । दुवै जनाको उम्मेदवारी बारेमा सत्तारुढ गठबन्धनमा पनि छलफल हुने र टुंगो लाग्ने उनले बताए ।
माओवादी स्थायी समितिको बैठक बुधबार पुन बस्ने र बिस्तृतमा छलफल हुने प्रवक्ता महराले जानकारी दिएका छन् ।