काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड पुगेका हुन् ।
सत्ता गठबन्धनको सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठकले संयोजकको जिम्मेवारी कृष्णप्रसाद सिटौलालाई दिएको छ । कार्यदलले दिएको सुझावको आधारमा निर्णय लिने नेताहरुले बताएका छन् ।