काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् ।
नेपाली पुरुषसँग विवाह गरेका महिलालाई समय सीमाको बन्देज बिना नै नागरिकता दिने तथा बाबुको पहिचान नखुलेको आमाले स्पष्टीकरण दिनुपर्ने विषयलाई सम्बोधन गर्नुपर्नेलगायत विषयमा प्रश्न गर्दै राष्ट्रपति भण्डारीले विधेयक संसद्मा फिर्ता गर्नुभएको थियो । सो कदमलाई राप्रपा अध्यक्ष थापाले स्वागत गरेका छन् ।
अध्यक्ष थापाले भनेका छन्- “विभेदकारी र राष्ट्र हित विपरीतको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वाभाविक छ ।” उनले थपे, “राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ।”
राष्ट्रपतिले विधेयक फिर्ता गरेको विषयलाई सङ्घीय संसद्ले हठ गर्न नहुने पनि भन्दै थापाले सो विषयको निर्णय गर्ने अधिकार नयाँ सरकारलाई दिनुपर्ने सुझाव दिए ।
उनले भने- “अब संसद्ले हठ प्रदर्शन नगरोस्, ढिलो गर्ने काम सरकारले गरेको हो । अब यो विषयको जिम्मा नयाँ जनादेश प्राप्त संसद्लाई दिनुपर्छ ।

























